Sunday, April 19

सिट बाँडफाँट छिट्टै टुंगो लाग्छ : मन्त्री गहतराज

नेपालअखबार, बारा । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले  अगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनमा दलहरुबीच सिटको बाँडफाँट केही दिनभित्र टुंगो लाग्ने बताएका छन् । बिहीबार बाराको सिमरा विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा बोल्दै  मन्त्री गहतराजले कुन दलले कति सिट प्राप्त गर्ने भन्ने कुरा दलहरुबीचको भद्र सहमतीमा छिट्टै टुंगो लाग्ने बताएका हुन् ।

‘अगामी निर्वाचनमा गठबन्धनलाई बचाएर जानुपर्छ,हाम्रो अगाडी अहिलेको व्यवस्थालाई कसरी सुदृढ गर्ने, विकास गर्ने, जनताको बलिदानबाट प्राप्त व्यवस्थामा खलबल नपरोस् भन्न गठबन्धनमा रहेका दलहरुबीचमा एउटा साझा समझदारी हुनुपर्दछ’  मन्त्री गहतराजले भने ‘सबैले सम्मान जनक ढंगले सिटको बाँडफाँट हुनुपर्छ । त्यसका लागि काँग्रेसले पनि मलाई बढी सिट चाहियो भनेर दाबी गर्न मिल्दैन, अन्य  पार्टीले पनि गर्न हुँदैन् ।’

Advertisement

अगामी मंसिर ४ गते हुने निर्वाचनमा काँग्रेसले सयभन्दा बढी सिट आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ । तर मन्त्री गहतराजले भने राष्ट्रिय सहमतिका लागि कसरी जाँदा विश्वासको वातावरण हुन्छ, सोही आधार बुझेर सम्मानजनक ढंगले सिट बाँडफाँटको टुंगो लगाउनुपर्ने बताए ।