Saturday, July 25

अरब सागरमा पल्टियो भारतीय जहाज, पाकिस्तानी नौसेनाद्वारा उद्धार

नेपालअखबार, एजेन्सि। भारतीय जहाज अरब सागरमा पल्टिएपछि पाकिस्तानी नौसेनाले बिहीबार उद्धार गरेको छ।

Advertisement

अगस्ट ९ मा बलुचिस्तान प्रान्तको तटीय सहर ग्वादर नजिकै भारतीय जहाज ‘जमना सागर’ डुबेको थियो। जहाजमा १० जना चालक दलका सदस्य थिए। घटना लगत्तै आफूहरूले उद्धार गरेको पाकिस्तानी नौसेनाका जनसम्पर्क महानिर्देशकले जानकारी दिएको छन्। डुबेको जहाजबाट एक जनाको शव निकालिएको थियो।

Advertisement
Advertisement

पाकिस्तानी नौसेनाले जारी गरेको विज्ञप्ति अनुसार नौसेनाले जहाजको बारेमा जानकारी पाए लगत्तै पाकिस्तान समुद्री सूचना केन्द्रले नजिकैको व्यापारी जहाज ‘एमटी क्रुइबेके’ लाई भारतीय जहाजका चालक दलका सदस्यलाई आवश्यक सहयोग गर्न भनेपछि उद्धार गरिएको थियो।

Advertisement

व्यापारिक जहाजले चालक दलका नौ सदस्यलाई उद्धार गरेको विज्ञप्तिमा जनाइएको छ। पाकिस्तानी नौसेना जहाजसँगै दुई वटा हेलिकप्टर सहितको उद्धार टोलीले बेपत्ता भएका चालक दलका अर्का एक सदस्यको शव फेला पारेको जियो न्यूजले जनाएको छ।

पाकिस्तानको क्षेत्रीय जलक्षेत्र १२ समुद्री माइल छ भने सन् २०१५ मा यसको समुद्री क्षेत्र बढेर २९०,००० वर्ग किलोमिटर पुगेको छ।