Wednesday, July 15

इजिप्टको चर्चमा आगलागी हुँदा कम्तीमा ३५ को मृत्यु

नेपालअबार, एजेन्सि। इजिप्टको एक चर्चमा आगलागी हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ।

Advertisement

आइतबार इजिप्टको गिजा शहरमा रहेको चर्चमा आगो लाग्दा ४५ जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ।

Advertisement
Advertisement

चर्चमा  प्रार्थनाका निम्ति ५ हजार जना भेला भएका थिए। आगलागीपछि भागदौड मच्चिएको थियो।

Advertisement

चार वटा दमकलले परिचालन गरेर आगो नियन्त्रणमा लिइएको थियो।

इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।