अपराधसमाचारसमाजसुरक्षा-अपराध

रुपन्देहीको ओमसतियामा गोली चल्यो, एक जना घाइते

Nepal Akhabar

नेपाल अखबार, बुटवल । रुपन्देहीको ओमसतियामा एक युवकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएका छन् ।नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि ओमसतिया-४ बसन्तपुरमा आइतबार राति पौने १२ बजेतिर एक राउण्ड गोली हानेका प्रहरीले जनाएको छ ।