समाचारसमाज

गण्डकी ट्याक्सी व्यवसाय लिमिटेडको अध्यक्षमा पुनः गान्धीराज गिरी निर्वाचित

नेपालअखबार, पाेखरा ।  गण्डकी ट्याक्सी व्यवसाय लिमिटेडको अध्यक्षमा पुनः गान्धीराज गिरी निर्वाचित हुनुभएको छ ।

संस्थाको आइतबार सम्पन्न चौथो वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनले आगामी तीन वर्षका लागि गिरीलाई पुनः सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संस्थाको प्रवन्ध सञ्चालकमा पूर्ण जिसी, कार्यकारी प्रमुखमा अर्जुन पौडेल, लेखा प्रमुखमा मेखबहादुर गुरुङ मिलन चयन हुनुभयो ।
यसैगरी सदस्यहरुमा श्रीप्रसाद गुरुङ, ज्ञानेन्द्रराज पौडेल, खेमराज शर्मा, सन्तबहादुर खत्री, यज्ञनारायण गिरी, राजकुमार आचार्य र हरि देवकोटा रहनुभएको छ ।

the authoradmin