समाचारसमाज

कास्कीकोटमा शनिबार दहीको होली

नेपालअखबार, पोखरा । श्रीकृष्ण जन्माअष्ठमीको अवसरमा पोखरा २४ कास्कीकोटमा दहीको होली खेलीने भएको छ । यही भाद्र ४ गते शनिवार श्रीकृष्ण रथ यात्रा तथा दही जात्राको आयोजना गरेको गुप्तकाली काश्यप धार्मीक क्षेत्रविकास समितीले जनाएको छ ।
गत वर्षहरुमा कोरोना कहरका कारण रोकीएको दहि जात्रा यस पटक विभीन्न सांस्कीतीक झाकी वाजा गाजा सहित जात्रा गरीने समितीका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताउनु भयो ।
विगत ६ वर्ष देखि कार्यक्रमको आयोजना गर्दै आइरहेको जात्रा संयोजक ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिनु भयो । भजन चुटका तथा विभिन्न झाँकी सहित कार्यक्रममा सहभागी हुन सबैलाई क्षेत्र विकास समितिले आहवान गरेको छ । । सहभागी उत्कृष्ठ समुहहरुलाई पुरस्कारको व्यवस्था समेत गरीएको आयोजकले जनाएको छ ।

the authoradmin