समाचारसमाजसुरक्षा-अपराध

शान्ति सुरक्षा व्यवस्थापनमा कुनै सम्झौता हुदैन डिएसपि प्रकाश दाहाल

शान्ति सुरक्षा व्यवस्थापनमा कुनै सम्झौता नगर्ने डिएसपि प्रकाश दाहाल ले वतायका छन् । भर्खरै सर्वोच्च / विशेष अदालत सुरक्षा समन्वय ईकाइ रामसाहपथ काठमाडांै बाट सरुवा भयर इप्रका डांडाकोनाकको कमान्ड सम्हाल्न आएका डिएसपि दाहाल ले यस क्षेत्रको सुरक्षा संवेदनशिलता लाइ ख्याल राख्दै विशेष योजनाका साथ अगाडि बढ्ने बताय । भौगोलिक हिसावले इप्रकाको क्षेत्र ठुलो भयको तर दरवन्दी अनुसार प्रहरि कर्मचारि कम हुदा चुनौति रहेकोले सबैसंग सहयोगको अपेक्षा गरेका छन् नागरिक र प्रहरि विचको समन्वयले मात्रै समाजमा हुने अपराधिक क्रियाकलाप कम हुने भन्दै सवै सरोकारवाला संग सहकार्य को आग्रह गरेका छन् ।
लागुऔषध विक्रि तथा प्रयोग, चोरि डकैति, जुवातास नियन्त्रण मुख्य चुनौतिको विषय रहेको भन्दै यसलाइ कमि गराउनको लागि सादा पोषाकका प्रहरि खटाउने, दुर्वेशनि नियन्त्रणमा सरोकारवाला संग छलफल गर्ने तथा चेकजांचमा कडाइ गर्ने वताए । पूथ्वी राजमार्ग मा हिट एण्ड रन समेत समस्याको विषय रहेको छ यसलाइ रोक्न विशेष रणनिति अपनाउनेछौ उनले भने बैंक तथा वित्तिय संस्था र महानगर संगको सहकार्यमा सिसि क्यामेरा व्यवस्थापन गरेर समस्या समाधान गर्न लागिपर्ने वताय ।