नेपालअखबार, काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी ) पार्टी स्कुल विभागले विभिन्न आयोगका पदाधिकारीहरू र सदस्यहरूलाई प्रशिक्षण गर्दै छ । शुक्रबार बाट सुरु भएको प्रशिक्षण २ दिन सम्म सञ्चालन हुने छ । प्रशिक्षण कार्यक्रममा पार्टी अन्तर्गतका अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीहरू तथा सदस्यहरू गरी एक सय बढीको सहभागिता रहेको पार्टीका केन्द्रीय सदस्य तथा स्कुल विभागका सचिव अषेश घिमिरेले बताउनु भयो ।
प्रशिक्षणमा नेपालमा जनवादी क्रान्ति र अबको बाटो विषयमा पार्टीका सम्मानित नेता झलनाथ खनालले सहजिकरण गर्नुहुने छ भने मार्गदर्शक संगठनात्मक सिध्दान्त र कार्यदिशा तथा कार्यभार विषयमा पार्टीका महासचिव डा. वेदुराम भुसालले सहजिकरण गर्नुहुने छ ,समाजवादका लागि राजनैतिक अर्थशास्त्रको विषयमा पार्टीका उपमहासचिव डा.विजय पौडेल र पूँजीवादी प्रभुत्व र समाजवादको विषयमा केन्द्रीय सदस्य तथा स्कुल विभागका सचिव अशेष घिमिरेले सहजिकरण गर्नुहुने छ ।
कार्यक्रम अन्तर्गत पार्टीका काममा योगहरू विषयमा समुह कार्य समेत गरिने बताईएको छ । यस्तै स्कुल विभागले वुध्दिजिवि पेशागत संगठन टेड युनियन र भूपू सैनिक तथा प्रहरी सङ्गठनका प्रमुख तथा पदाधिकारीहरूलाई समेत एक हप्ते प्रशिक्षण सञ्चालन गरिरहेको छ ।