
नेपालअखबार, काठमाडाै । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन, वाइसीएलको अध्यक्षमा सर्वसम्मत रूपमा सुवोधराज श्रीपाली चयन भएका छन्।
काठमाडौंमा भएको वाइसीएलको दोस्रो राष्ट्रिय भेलाबाट आइतबार अध्यक्षमा श्रीपाली चयन भएका हुन्।
वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्रबहादुर गुरूङ र महासचिवमा गणेश शाही चयन भएको वाइसीएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले बताए।
पदाधिकारीहरू ६१ जनासहित वाइसीएलले ३५१ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ।
यसअघि वाइसीएल अध्यक्ष सुमन देवकोटा थिए।

