राजनीतिसमाचार

संगठन निर्माण र गठनलाई चलायमान बनाउन कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन

नेपालअखबार, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको संगठन निर्माण गर्न र  गठनलाई चलायमान बनाउन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

बिहीबार पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले  गत स्थानीय तहको निर्वाचनमा आएको नतिजा प्रति गौरवबोध गर्नुपर्ने भन्दै २७ प्रतिशत उम्मेदवार उठाउँदा ९ लाख  बढी भोट पाएको भन्दै  सबै ठाउँमा उम्मेदवार उठाएको भए २० लाख भोट पाउने दाबी गर्नुभयो ।

आगामी निर्वाचनमा समानुपातिक मतले पार्टीको हैसियत देखाउने भएकाले पार्टीको चुनाव चिन्ह प्रचार प्रसारमा लाग्न सबै पालिकामा पार्टीको संगठन निर्माण गर्न र  गठनलाई चलायमान बनाउन कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक अधिकारीहरूसँग भेट गर्नुले शंका जन्माएको बताउनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका अधिकारीहरुलाई निवासमा बोलाएर डिनर गराउनुले शंका जन्माएको बताउनु भएको हो ।

राष्ट्रपतिले जुन ढंगले पूर्व सनिक अधिकारीहरूलाई बोलाएर जसरी राष्ट्रपति निवासमा भोजन, डिनर दिने कामहरू भयो यसले शंका जन्माएको छ। के गर्न खोजेका छन् राष्ट्रपतिले ? भन्ने प्रश्न खडा भएको छ,’ , ‘भोलि कतै अनिष्ट त हुने होइन ? भन्ने प्रश्नहरू पनि खडा भएको छ।’ उहाँले भन्नुभयो ।
अध्यक्ष नेपालले राष्ट्रपति र नेपाली सेनाका अधिकारीको बीचमा भएको भेटवार्ताको सम्बन्धमा गठबन्धनमा छलफल भएको बताउँदै नेपाली राजनीतिमा प्रतिगामी र राजतन्त्रवादीको लगायतका शक्तिको क्रियाशीलताको सम्बन्धमा पनि आफूहरूको नजर पुगिरहेको बताउनु भयो ।

‘आज बिहान बालुवाटारमा त्यस बारेमा हाम्रो बीचमा छलफल पनि भएको छ। हामीले राष्ट्रिय राजनीतिका यी सबै पक्षहरूको बारेमा निगरानी गरिरहेका छौँ । प्रतिगामी शक्तिहरु , दरबार वादी शक्तिहरू, राजतन्त्र वादी शक्तिहरु , विदेशीहरूको दलाली गर्ने शक्तिहरू नेपालको राजनीतिमा कत्तिको क्रियाशील छन्, यी सबै कुरामा पनि हाम्रो नजर छ,’ उहाँले भन्नुभयो ।

अध्यक्ष माधवकुमार नेपालले  एमाले अध्यक्ष केपी शर्मा ओलीले गुटको राजनीति गरेको विषयमा आफू समयमै सचेत नभएकैले समस्या भएको बताउनु भयो ।
‘ओली गुट यो तहमा कसरी आयो ? के २०७७ पुस ५ गतेपछिको मात्र विश्लेषण गरेर पुग्छ ? के २०७५ जेठ ३ गते भएको नेकपा एमाले र मओवादी एकताको सन्दर्भबाट सुरु गरेर पुग्छ ? २०७१ एमालेको नबौं महाधिवेशन भएदेखिको सन्दर्भले पुग्छ,’ उहाँले भन्नुभयो , ‘यसका निम्ति नेपालको राजनीतिमा खासगरि हाम्रो आन्दोलनमा केपीले कहिलेदेखि गुटबन्दीको सुरुवात गरे । त्यो गुटबन्दीका विरुद्धमा हामीले जुध्ने काम गर्‍ंयौ की गरेनौ ? भन्नेसम्म पुग्नुपर्छ ।
ओलीले मदन भण्डारी फाउण्डेसन बनाएर पार्टीभित्र गुटको राजनीतिलाई प्रश्रय दिएको अध्यक्ष नेपालले बताउनु भयो । ‘ मदन भण्डारी फाउण्डेसन बनाएर उनले समस्या खडा गर्दाखेरी त्यसविरुद्ध जुध्नुपर्ने काम गर्‍यौँ कि गरेनौ ? ती सबैको आत्मालोचना र विश्लेषण गर्नुपर्छ,’

‘वास्तवमा त्यो गलत प्रवृत्तिका विरुद्धमा समयमै हामी सचेत हुन सकेनौं । पाटीभित्र गुटबन्दी गर्न थाले, असन्तुष्टिको प्रयोग गर्न थाले,’ अध्यक्ष नेपालले भन्नुभयो  पार्टीभित्र अलग अलग समूह बनाउने स्थिति नै पार्टीको विभाजनको कारण बन्दो रहेछ ।’ गुटबन्दीको ‘महारोग’ केपी ओलीले खासमा झापा आन्दोलनमा पनि भित्र्याएको भन्दै जति जुध्नुपर्ने हो त्यति जुध्न नसक्दा ओली गुट बिस्तारै बलियो हुँदै गएर पार्टी बिग्रँदै गएको उहाँको आरोप छ ।

‘उनले भ्रम फैलाउँदै गए विभिन्नलाई आफ्नो वरिपरी गोलबन्द गर्दै गए र त्यसपछि नबौं महाधिवेशनमा पार्टीको अध्यक्ष बनेपछि त  उनको वास्तविक चरित्र देखिनथाल्यो । पार्टीमा समस्या देखिनथाल्यो, सामूहिकता गुम्दै गयो कमिटि काम नलाग्ने भए, छलफललाई वास्ता गर्न छाडिए ।’उहाँको भनाई थियो ।

the authoradmin