राजनीतिसमाचार

पर्यटन ब्यबसायी पौडेल कास्की क्षेत्र नं. २ ख को उमेदवार सिफारिस

नेपालअखबार, पोखरा।  नेकपा (एकीकृत समाजवादी) कास्की जिल्ला कमिटि सदस्य पर्यटन व्यवसायी रबिन्द्र राज पौडेल प्रदेश सभा निर्बाचन २०७९ को लागि कास्की क्षेत्र न २ (ख) बाट उम्मेदवारमा सिफारिस भएका छन् ।

२०६५ मा सिङ्गापुरबाट होटल म्यानेजमेन्ट सकेर नेपाल आएर पर्यटन ब्यबसाय शुरु गरेका उनी गाउँ पर्यटन प्रबर्धन मञ्च गण्डकी प्रदेश को पुर्ब अध्यक्ष पनि हुन ।

गण्डकी प्रदेशका होमस्टेमा पुजिगत अनुदान सम्बन्धि मुल्यान्कन समितिमा पर्यटन मन्त्रालय बाट पर्यटन बिज्ञको रुप मा २०७६ / ७७ को लागि नियुक्त भै कुशलता पुर्वक कार्यकाल सफल पारेका थिए ।

ग्रामीण पर्यटन को बिकासमा योगदान गरेकोमा गन्तव्य नेपाल ग्रुपबाट लिडर शिप अवार्ड २०७३ बाट सम्मानित सफल पर्यटन ब्यबसायी दर्जनौ संघ संस्थामा आबद्ध छन् ।

the authoradmin