
नेपालअखबार, पाेखरा । नेकपा (एकीकृत समाजवादी) कास्की जिल्ला कमिटिले नेपाल भुमिहिन सुकुम्बासी संगठन गरेकाे छ । उत्त भेलाले धधनेश्वर अधिकारीको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ। उत्त समितिको उपाध्यक्षहरुमा बन्दना गुरुङ र रविलाल पोखरेल, सचिवमा नारायण परियार, सहसचिवहरुमा अनिल तामाङ, धनबहादुर अधिकारी, सुकमाया गुरुङ रहनु भएको छ भने कोषाध्यक्षमा विनिता राना चयन भएका छन् ।
पार्टी स्थायी कमिटि सदस्य प्रमुख आतिथ्यता चुणामणि जंगलीले समाज देश परिवर्तनका लागि भुमिहिन सुकुम्बासी व्यवस्थीत गर्न पर्ने वर्तमान आश्यकता हाे । अब नेकपा एकीकृत समाजवादी पार्टी युवाहरूले नेतृत्व गर्ने बताए । केन्द्रिय सदस्य , कास्की अध्यक्ष तथा पोखराका मेयर धनराज आचार्यले छिट्टै लालपुर्जा वितरण गरेर भुमिहिन सुकुम्बासी समस्या समाधान गर्ने बताए ।
पार्टि जिल्ला कमिटि सदस्य तथा भुमि आयोग कास्कीका सदस्य उमा थापाले विशेष सम्वोधन गर्दै कास्की जिल्लामा रहेका सम्पूर्ण भुमिहिन सुकुम्बासीकाे समस्या समाधान गर्ने बताइन । कार्यबाहक अध्यक्ष खड्ग हमालले नेपाल भुमिहिन सुकुम्बासी संगठनका पदाधिकारीलाइ सपथ ग्रहण गराएका थिए साथै हमाल अध्यक्षतामा सम्पन्न भएको थियो।
उत्त भेलामा स्वागत झपिन्द्र रेग्मीले उपाध्यक्ष गरेका थिए । उपसचिव तथा प्रचार विभाग प्रमुख पुर्ण लामाले कार्यत्रम संचालन गरेका थिए ।

