Friday, April 24

महिला समाजसेवी पौडेल प्रदेश सभा समानुपातिक उम्मेदवारमा सिफारिस

नेपालअखबार, पोखरा । नेकपा (एकीकृत समाजवादी) कास्की जिल्ला सचिवालय  सदस्य वडा नं. १९,का ईन्चाज भीमा कुमारी पौडेल  प्रदेश सभा सदस्य निर्वाचनका लागि कास्कि क्षेत्र न. ३ (क)को समानुपातिक तर्फ बाट उम्मेदवारमा सिफारिस हुनुभएको छ ।

जनप्रिय टोल  बिकास  संस्थाको अध्यक्ष, पोखरा महानगरपालिका  वडा नं. ७ मा रहेको ढांड आमा समुहको सचिव रहनु भएको पौडेल महिला  मानवअधिकार रक्षक संजाल  कास्कीको कोषाध्यक्ष  तथा विभिन्न बालबालिकाको क्षेत्रमा लामो  समय काम गर्नुभएको छ ।

Advertisement

नेपाल रेडक्रस सोसाईटीको आजिवन सदस्य, स्वास्थ्य  क्षेत्रमा  काम गर्दै  आउनुभएको पौडेल  लाईन्स क्लब अफ पोखरा  फिस्टेल सिटीको सह सचिव र पोखरामा रहेका विभिन्न सहकारी संस्थाहरूमा समेत आवद्ध हुनुहुन्छ उहाँ सामाजिक  दिगो  बिकास  संस्था कास्कीको कोषाध्यक्ष, मितेरी अस्पतालको व्यावस्थापन समितिको सदस्य तथा मेट लाईफ  ईन्सुरेन्स कम्पनीमा युनिट को पदमा काम गर्नुहुन्छ । उहाँले भोलीका  दिनमा महिलाको अधिकार तथा सडक बालबालिकाको क्षेत्रमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।