Friday, April 24

एकीकृत समाजवादीको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिकाको राष्ट्रिय सम्मेलन हुँदै

नेपालअखबार, काठमाडौ  । नेकपा ( एकीकृत समाजवादी ) को प्रवास संगठन ‘प्रवासी नेपाली एकता मञ्च अमेरिका’ ले राष्ट्रिय सम्मेलन योजना गरेको छ ।
‘सामाजिक अभियानमा सहभागी बनौँ’ भन्ने मूल नाराका साथ आगामी सेप्टेम्बर १७ र १८ तारिखमा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा सहभागी हुन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरिएता पनि उहाँले आफू व्यस्त रहेकाले सरिक नहुने बताउनुभएको मञ्चले जनाएको छ ।
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तयारीमा जुटेकाले अमेरिका आउने सम्भावना नरहेको जनाइएको हो ।
तर, उहाँले अनलाइन जुम मार्फत सम्मेलनको उद्घाटन गर्ने तय भएको मञ्चका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिनुभयो ।
अमेरिकामा रहेका नेपाली समुदायलाई कसरी सशक्त बनाउने भन्ने विषयमा सम्मेलनमा छलफल गरिने उहाँको भनाइ छ ।
पुराना र नयाँ पुस्ताको सोचमा के भिन्नता छ भनेर छलफल गर्न उच्च कक्षामा अध्ययनरत विद्यार्थीलाई पनि प्रोत्साहन वक्ताका रुपमा सहभागी गराउने मञ्चले जनाएको छ । सम्मेलनको आयोजनाका लागि एक सय एक सदस्यीय आयोजक समिति तथा विभिन्न १० वटा विभाग बनाएर तयारी भइरहेको छ ।
२५ राज्यबाट एक सय बढी प्रतिनिधिले सम्मेलनमा भाग लिने र नयाँ नेतृत्व पनि चयन गरिने महासचिव शंकर पन्तले बताउनुभयो

सम्मेलन आयोजनाका लागि एक सय एक सदस्यीय आयोजक समिति तथा विभिन्न दश वटा विभागहरू बनाएर तयारी भइरहेको छ। २५ राज्यबाट एक सय जना भन्दा बढी सम्मेलनका प्रतिनिधिले सम्मेलनमा भाग लिने र नयाँ नेतृत्व पनि चयन गरिने महासचिव  पन्तले जानकारी दिनुभयो ।

Advertisement