Saturday, July 11

अवैध रूपमा ल्याउँदै गरेको सुनसहित तीन जना पक्राउ

नेपालअखबार, काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा ल्याउँदै गरेको सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

Advertisement

विमानस्थलका अनुसार पक्राउ पर्नेमा मोरङ सुन्दर हरैंचा नगरपालिका–९ घर भएका २४ वर्षीय हिमाल पौडेल, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ घर भएका १९ वर्षीय कवीन्द्र विश्वकर्मा र कालीकोट पलाता गाउँपालिका–७ घर भएका २५ वर्षीय जीवराज बम छन्।

Advertisement
Advertisement

बुधबार दिउँसो दुबईदेखि काठमाडौं आएका उनीहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा अवैध सुनसहित पक्राउ गरेको हो।

Advertisement

पक्राउ परेकाहरूबाट भन्सार छली ल्याएको एक/एक थान सुनको सिक्री र एक/एक थान औंठी गरी करिब एक सय ग्राम सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी मधुकुमार पौडेलले जानकारी दिए।