Friday, April 24

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा ९ जना पक्राउ

नेपालअखबार, काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पाँचथर मितलाजुन गाउँपालिका-६ घर भई झापा दमक नगरपालिका-५ बस्ने २५ वर्षीय समिर राई, कास्की पोखरा महानगरपालिका-१० घर भएका ४० वर्षीय अरूण कार्की, नुवाकोट बेलकोटगढी नगरपालिका-९ घर भई काठमाडौं टोखा नगरपालिका बानियाटार बस्ने २५ वर्षीया राधिका तामाङ रहेका छन् ।

Advertisement

यस्तै स्याङजा चापाकोट गाउँपालिका-२ घर भई काठमाडौं बसुन्धारा बस्ने ३८ वर्षीया सबिता श्रेष्ठ, झापा मेचीनगर नगरपालिका-६ घर भएका ४६ वर्षीय बिदुर प्याकुरेल, काठमाडौं कागेश्वरी नगरपालिका घर भएका २१ वर्षीय सुरज राज खत्री, अछाम मंगलसेन नगरपालिका-१२ घर भएका २७ वर्षीय वीरेन्द्र बहादुर रावल, झापा विर्तामोड नगरपालिका-५ घर भएका ४० वर्षीय दिनेश प्रसाई र दमक नगरपालिका-८ घर भएका ४८ वर्षीय सूर्य बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कार्यमा संलग्न दिनेश र सूर्य बहादुरलाई ईलाका प्रहरी कार्यालय दमक झापा र ईलाका प्रहरी कार्यालय अनारमनी झापाको समन्वयमा उनीहरुलाई पक्राउ गरेको हो ।

नेपालस्थित अमेरिकन दूतावासमा ईडीभी २०२१ को नतिजामा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केही व्यक्तिहरुले भिसा प्रयोजनको लागि प्लुसटुको नक्कली एकेडेमिक ट्रान्सकिप्ट बनाई पेश गरेको प्रहरीको आरोप छ ।

पक्राउ परेका उनीहरुमाथि लिखत सम्बन्धि कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।