राजनीतिसमाचार

एकीकृत समाजवादीका अध्यक्ष नेपालद्वारा रौतहट- १ मा मनोनयन दर्ता

Nepal Akhabar

नेपालअखबार, काठमाण्डौ  ।   नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा सदस्यमा रौतहट निर्वाचन क्षेत्र नम्बर–१ बाट मनोनयन दर्ता गराउनुभएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेनु भएका अध्यक्ष नेपालले रौतहट-१ बाट सत्तारुढ गठबन्धनको साथमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालय गौर नगरपालिका पुगेर मनोनयन दर्ता गर्नुभयो ।
उम्मेद्वारी दर्ता पछि उहाँले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफूलाई रौतहटका जनताले जिताउने विश्वास व्यक्त गर्नुभएको छ ।
उम्मेदवारी दर्तापछि नेपालले सञ्चारकर्मीसँग बोल्दै यसअघि निर्वाचनमा काठमाडौं रोज्दा रौतहट १ का जनताले तपाईं फर्किनुपर्छ भनेको स्मरण गर्नुभएको थियो ।

‘रौतहट १ म जन्मेको, पढेको, राजनीति सुरु गरेको ठाउँ हो । यसअघि काठमाडौं रोज्दा मलाई यहाँका जनताले तपाईं फेरि यहाँ आएर उठ्नुपर्छ भन्नुभएको थियो । त्यसैले आलोपालो गर्दै यसपटक रौतहट १ बाट उठ्न लागेको हो । जनताले मलाई विश्वास गर्नुहुनेछ भन्ने लागेको छ’, अध्यक्ष नेपालले भन्नुभयो ।उहाँले  गठबन्धनमा कुनै समस्या नरहेको समेत बताउनु भयो ।

the authoradmin