नेपालअखबार, एजेन्सि। म्यानचेस्टर युनाइटेडका फुटबलर मेसन ग्रिनवुड बलात्कारको प्रयास, नियन्त्रण गर्ने व्यवहार र कुटपिटको आरोपमा पक्राउ परेका छन् । अनलाइनमा फोटो र भिडियो पोष्ट भएपछि २१ वर्षीय फरवार्डलाई गत जनवरीमा प्रहरीले पक्राउ गरेको थियो ।
त्यसपछि धरौटीमा रिहा भएका उनी त्यसको नियमहरु उल्लंघन गरेको आरोपमा शनिबार पुनः पक्राउ गरेका हुन् । सोही महिलाको उजुरीको सम्बन्धमा ग्रिनवुडलाई पक्राउ गरिएको अभियोजकले जानकारी दिएका छन् । ग्रिनवुडलाई म्यानचेस्टर एन्ड सालफोर्ड म्याजिस्ट्रेट कोर्टमा सोमबार प्रस्तुत गरिने बताइएको छ ।
बीबीसी