खेलकुद

पुरुष हकीमा आर्मीलाई स्वर्ण

३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष हकीमा नेपाल आर्मीले स्वर्ण पदक जितेको छ ।

हेम्जाको गौरीशंकर खेल मैदानमा बिहीबार सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा २-१ ले पराजित गर्दै आर्मीले स्वर्ण जितेको हो । खेल अवधिभर कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।टाइब्रेकरमा आर्मीका रोशन चौधरी र प्रदीप राजवंशीले गोल गरेका थिए ।

पुलिसको तर्फबाट नविन क्षेत्रीले एक गोल गरेका थिए । आर्मीले आठौं राष्ट्रिय खेलकुदमा पनि नेपाल पुलिसलाई हराउँदै स्वर्ण जितेको थियो ।

बिहीबार नै भएको खेलमा कर्णालीलाई ३-० ले हराउँदै गण्डकीले कांस्य पदक जितेको छ । हुम्लाको एउटै गाउँले धानेको कर्णालीको हकी टिम भने पदक जित्न असफल भएको छ ।