Sunday, August 23

पोखरा ५, बाराही डटकम टिमद्धारा घोर भत्र्सना

नेपालअखबार, पाेखरा । पोखरा ५, बाराही डटकम टिमद्धारा घोर भत्र्सना गरेकाे छ ।  ०७९ कार्तिक १५ गते बाट पोखरा ५, मालेपाटनमा संचालन भएको प्रथम एम्याच्यर सेभन ए साइड फुटबल प्रतियोगितामा भएको पहिलो क्वाटर फाइनलको पहिलो खेलमा आयोजक मालेपाटन सि र बाराही डट कमको खेलसम्मन्न भएको र सो खेलमा आयोजक मालेपाटन सि सडेनडेथमा ४–३ गोलले पराजित भएको थियो ।

Advertisement

खेल सकिएको केहि समय पछि आयोजकद्धारा अकस्मात बाराही डटकम लाई प्रोटेष्ट परेकोखबर मौखिक रुपमा फोन मार्फत सुनाए
संगैबाराहि डटकम बाहिरिएको जानकारी गराएकाे थियाे । सो खेलमा बाराही डटकम खेलाडीहरुको नाम मिष्टेकले दुई थरी
लेखिएको भन्ने कुरालाई आयोजक र अफिसियल टिमद्धारा खेलाडि बढि भएका भन्दै बाराहि डटकम लाई सो
प्रतियोगीताबाट जबरजस्त बाहिर बनाईएको छ । खेलाडिको नामथर लेखाइमा गलत भएको भए सच्याई पाउ भनि
निवेदन दिईएको भएता पनि उक्त,नीबेदनलाइ आयोजकद्धारा वेवास्ता गर्दै बाराहि डटकमलाई कुनै पनि हालतमा खेल
नखेलाउने आयोजक मालेपाटन टोल विकास संस्थाको निर्णय नियम संगत छैन ।

Advertisement
Advertisement

सो खेलमा बाराहि डटकम टिममा जर्सि नंम्वर ८ का अनिल तामाङ्गको नाम लेखाईमा आषिष गुरुङ्ग भएको भन्ने अप्रमाणित कुरालाई आधार मानि राम्रोसगँ छानविन नभई आयोजक आफैले एकल मौखिक निर्णय गरी प्रतियोगिता संचालन गरेकोले मालेपाटन टोल
विकास संस्था गैरजिम्मेवार देखिएको छ ।

Advertisement

आयोजक संस्थाको सोझो पनको फाईदा उठाई एक दुई जनाको गलतनियतले टोल संस्थालाई बदनाम गराउनुदुखद कुरा  भएकाे बताए ।
यस बिषयमा फुटबल खेलका अग्रज सिनिएर रेफ्रिहरु संग विषय बोध गराउदा खेल जितिसके पछि जितेकोटिमलाई
प्रतियोगिताबाट आउट गलत हुने बताएका छन् ।

सम्बन्धीत आयोजक र सो प्रतियोगिता संयोजकलाई बारम्बार फोनमार्फत र भेट गरी कुनै कमि कमजोरी भएको रहेछ भने सो सच्याउने र खेल अगाडी बढाउने भनिएता पनि सो कुराको कुनै सुनुवाई नरहेको बाराही डटकम टिमको निस्कर्ष रहेकोछ । आयोजक टिमले मालेपाटन ए टिममा नाम रहि संलग्न रहेका सोहि खेलाडिलाई पुन मालेपाटन सि टिमवाट खेलमा उतारेको बिषयलाई छानविनको विषय
नबनाउनुको घटनालाई गम्भिर रुपममा लिन सकिन्छ ।

आयोजकद्धारा कुनै पनि निश्चित नितीनियम नबनाई खेल संचालन गर्नू नै यस्तो अलोकप्रिय निर्णय लाद्न गरिएको पृष्टि भएको छ ।
बाराही टिमद्धारा आयोजक टिम संग प्रोटेष्ट दिएको केहि समय मै प्रतियोगिताको नियम माग गर्दै गर्दा खेल आयोजकले कुनै नियम नबनाई खेल संचालन गरेको र मौखिक निर्णय नै फाईनल निर्णय रहेको जानकारी आयोजकद्धारा एक तर्फि सुनाइएकोमा बाराही डटकम टिम यो कपटपुर्ण स्वार्थ युक्त मौखिक निर्णएको घोर भत्र्सना गरेका छन्  । यो घटनाले फुटबल खेल र खेलाडि प्रति प्रोत्सानको सट्टा निरासा र खेल प्रति नैअरुचि बढाएको जानकारी गराएका छन् ।