
नेपालअखबार, पोखरा । पाँच दलीय गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी रामजी प्रसाद बराल जीवनलाई जिताउन नेता तथा कार्यकर्ता जिम्मेवारीमा फर्किएका छन् । पोखरा २५ हेमजा क्षेत्रका एक समुह माओबादी केन्द्रमै क्रियाशिल हुने गरी फर्किएको माधवशरण पौडेलले बताए ।
रामजी बरालले यस अघि निर्वाचनमा जनतासामु गरेको वाचा पूरा गरी पुनः प्रतिनिधि सभा सदस्यमा उठेकोले उहाँलाई विजयी गराउने अभियानमा आफुहरु समेत पुरानै मुल पार्टीमा फर्किएको उनले जनाए । रामजी बराल विकास प्रेमी र जनताको आशाको भरोसाको केन्द्र भएकोले गर्दा आफुहरुको एक समुह माओबादी केन्द्रमै क्रियाशिल भयर लाग्ने पौडेलले बताए ।
सोमबार हेमजामा आयोजित पाँच दलीय गठबन्धनको प्रशिक्षण अगुवा कार्यकर्ता भेलामा वौल्दै माधवशरणले रामजी जस्ता नेतालाई जिताउने अभियानमा आफुहरु सहभागि भएको बताए ।
कार्यक्रममा नेपाली कागेंस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले यसपालीको निर्वाचनमा पाँच दलयि गठबन्धनका उमेदवारहरुलाई जिताउन आग्रह गर्दै जित पछि पनि निरन्तर रुपमा उमेदवारहरु जनताको घर दैलोमा पठाउने दाबी गरे । गठबन्धनको नेतृत्वमा बन्ने ५ बर्षीय सरकारले देशमा आर्थिक विकास र समृद्धिको ढोका खुल्ने उनले जनाए ।
प्रतिनिधि सभा सदस्यका उमेदवार बरालले प्रदेश सभामा जसरी ५ बर्ष काम गर्ने अवसर मिल्यो पुनः प्रतिनिधि सभामा समेत ५ बर्ष काम गर्ने र जनताको सेवा गर्ने अवसर मिल्ने विश्वास व्यक्त गरे । जनतासंग जोडिएको आधारभूत आवश्यकताहरु पुरा गर्न आफ्नो पहल कदमी हरपल रहने उनले जनाए । कास्की निर्वाचन क्षेत्र नम्बर ३ ९१० का प्रदेश सभा सदस्यका उमेदवार दुर्गादक्त भण्डारीले जनताले आफुलाई एक पटक काम गर्ने अवसर दिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका तम बहादुर रोक्का, एकिकृत समाजबादीका असिम गुरुङ, कागेंस युवा नेता प्रकाशचन्द्र सापकोटा लगायतले वोलेका थिए ।

