राजनीतिसमाचार

खानेपानीको समस्या समाधान गरिदिन गणेशमान गुरुङलाई पोखरा १९ का मतदाताको आग्रह

Nepal Akhabar

नेपालअखबार, पोखरा । पोखरा वडा नम्वर १९ का मतदाताले खानेपानीको समस्या समाधान गरिदिन एमाले उम्मेरवारहरुसँग आगह गरेका छन् । पोखरा १९ को अन्य ठाउँको तुलनामा लाम्पाटामा खानेपानीको चरम अभाव भएको त्यहाँका स्थानीय बताउँछन् ।
कास्की ३ (क) का प्रदेश सभा उम्मेदवार गणेशमान गुरुङसँग मंगलवार भएको भेटमा त्यहाँका स्थानीयले भने–‘खानेपानी जस्तो मानिसको अति आधारभूत आवश्यकताबाट हामी बञ्चित भएका छौं । हामीलाई बाटोको पनि समस्या छ, हामी महानगरवासी भन्न पनि लाज लागेर आउँछ । स्थानीय, प्रदेश र केन्द्र जति प्रकारका सरकार भएपनि हाम्रो समस्या समाधान भएको छैन्, त्यसैले हाम्रा आधारभुत आवश्कतालाई पूरा गरिदिनुहोला भन्ने हाम्रो आग्रह हो ।’
स्थानीयका समस्यालाई मनन गर्दै उम्मेदवार गुरुङले भुगोलको हिसावले सुगम भएपनि सुविधाको हिसावले दुर्लम भएको पोखरा १९ का समस्यालाई जस्तो भुगोल त्यस्तै सुगम बनाउन पूर्वाधारको विकास गर्ने वचन दिएका छन् । र, निर्वाचित भएपछि पोखरा १९ बाट नै विकासको काम शुरु गर्ने उनको प्रतिवद्धता छ ।
उम्मेदवार गुरुङले मंगलवार पोखरा १९ को चितेपाति, लाम्पाटा, तल्लो काउरे, काउरे, चुरुङ्गा, भूनपुरे लगायतका स्थानका मतदातासँग भेटघाट गरेका थिए ।

 

the authoradmin