Thursday, May 7

गणतन्त्रको सिपाही हुँ, कुनै स्वार्थमा बिक्दिनँ– लामिछाने

नेपालअखबार, पोखरा । नेकपा माओवादी केन्द्रका नेता तथा आगामी मंसिर ४ गतको निर्वाचनमा कास्की २ ९१० बाट ५ दलीय गठबन्धनका उम्मेदवार उम्मेदवार विश्वप्रकाश लामिछानेले आफु कुनै पनि स्वार्थमा नबिक्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पोखरा २१ मा निर्वाचन अभियाको क्रममा मतदाता सामु उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । आफु गणतन्त्रको सिपाही भएको भन्दै लामिछानेले जनताको खुशी र देशको विकास बाहेक आफ्नो कुनै स्वार्थ नरहेको दावी गरे ।

‘ केही दलाल र प्रतिगामीहरुले राजमार्गको लागि राखेको जग्गा कब्जा गरी भाडामा लगाएर खान्थे, त्यसलाई मैले हटाएको हुँ, गणतन्त्रको लागि लडेको सिपाही हुँ म कुनै पनि स्वार्थमा बिक्दिनँ ।’ उनले भने ।

Advertisement

गलत काम गर्ने जोसुकै भए पनि आफुले कारवाही गर्ने चेतावनी दिँदै उनले जनताको खुशी र देशको विकासका लागि आफु कसैसँग नझुक्ने प्रतिवद्धता व्यक्त गरे । गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार श्रीनाथ बरालले केन्द्र सरकार र महानगर संग मिलेर यस क्षेत्रमा विकास अभियान सञ्चालन गर्ने बताए ।

‘हामीले यस क्षेत्रलाई लक्षित गरेर युवा र महिला केन्द्रित स्वरोगार कार्यक्रम ल्याउने छौं, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार र स्तरोन्नतीका लागि काम गर्नेछौं ।’ उनले भने ।
कार्यक्रममा स्थानीय बासिन्दा ईन्द्र खत्रीले हिजो जनताको भोटले जितेर संसदको यात्रा गरे पनि यस क्षेत्रको विकासको लागि कुनै काम नगरेको गुनासो गरेका थिए । पोखरा २१ रामदीको बाटो अझैपनि अलपत्र भएको भन्दै खत्रीले सो बाटोको लागि काम गर्न आग्रह गरे ।

जवाफमा नेपाली काँग्रेस क्षेत्रीय सभापति केवर प्रसाद निर्देशीले सो बाटोका लागि नयाँ टेन्डर आव्हान गरेको भन्दै गठबन्धनले जितेमा यस्ता समस्या समाधान हुने आश्वासन दिए
निर्वाचन अभियानका क्रममा नेपाली काँग्रेस समानुपातिक उम्मेदवार बृन्दादेवी रानामगर लगायतले व्यवस्था जोगाउँदै मुलुकको विकासका लागि गठबन्धनलाई मत दिन आग्रह गरिन् ।