खेलकुदसमाचार

साविक विजेताले बहिस्कार गरेको दोस्रो विश्वकप, जुन विवादरहित भएन

२३ कात्तिक,  चार वर्षअघि उरुग्वेमा निर्मित आधारलाई टेकेर फिफाले विश्वकप दोस्रो संस्करणको आयोजना अधिकार युरोपेली देशलाई दिने निर्णय गर्यो । इटलीलाई आयोजकका रुपमा चुनिए पनि छनोट प्रतियोगितामार्फत उसले सहभागिता निश्चित गरेको हो । छनोट खेल्ने इटली एकमात्र आयोजक राष्ट्र हो ।

१९३४ विश्वकपका लागि इटलीसहित ३२ देशले छनोट प्रतियोगितामा भाग लिएका थिए । तीमध्ये १६ टिम विश्वकपको मुख्य प्रतिस्पर्धाका लागि छानिए ।

फिफा विश्वकपको इतिहासमा पहिलो र एकमात्र उदाहरण यस्तो बन्यो कि साविक विजेता टिमले प्रतियोगिता बहिस्कार गर्यो । चार वर्षअघि आफ्नो देशमा प्रतियोगिता आयोजना हुँदा प्रमुख युरोपेली देशको अनुपस्थितिको रिस उसले दोस्रो विश्वकपमा देखायो ।

अर्जेन्टिना र ब्राजिलमात्र विश्वकपको प्रमुख स्पर्धाका लागि छनोट भएका थिए । तर, उनीहरु पहिलो चरणबाट माथि जान सकेनन् । क्वाटरफाइनलदेखि नै सबै युरोपेली देशको बर्चश्व रह्यो ।

इटलीका ८ शहरका रंगशालामा विश्वकपका खेल सन्चालन गरिएको थियो । रोममा फाइनल खेलाइएको थियो । घरेलु टोली इटली र चेकोस्लाभियाबीच फाइनलमा चर्को प्रतिस्पर्धा भयो । खेल अतिरिक्त समयमा पुगेको थियो । इटलीलाई पुनरागमन जितसहित पहिलो विश्वकपको उपाधि दिलाउने क्रममा खेलमा पाँच मिनेटको समय बाँकी हुँदा स्टार फरवार्ड एन्जेलो शियावियोले गोल गरे ।

पहिलो विश्वकपको लोकप्रियतापछि फिफाले दोस्रो संस्करणलाई थप व्यवस्थित गर्न तीव्र गतिमा काम गरेको थियो । त्यसैले युरोपका ठूला देशहरुलाई पनि समावेश गर्न सफल रह्यो ।

छनोट प्रक्रियाको संरचना, फरक फरक शहरमा खेल सन्चालन र तेस्रो स्थानको प्लेअफलगायत फिफाका केहि कामहरु त्यसपछिका विश्वकपमा पनि जारी रहे ।

पहिलोपल्ट प्रतियोगितामा सहभागी १६ मध्ये १२ देशमा रेडियोमार्फत विश्वकपको प्रत्यक्ष प्रशारण गरिएको थियो ।

चार वर्षअघि अर्जेन्टिनाको टिमबाट उपविजेता बनेका लुइस मोन्टीले इटलीको टिमबाट विश्वकप उपाधि जिते । उनी विश्वकप फाइनलमा दुई देशबाट प्रतिनिधित्व गर्ने एकमात्र फुटबलर हुन् ।

यो विश्वकप इटलीमा बेलिनो मुसोलिनी र उनको फासिबादी पार्टीको शासनकालका दौरान आयोजना गरिएको थियो । सो पार्टीका नेताका विरुद्ध भ्रष्टाचार र विश्वकप आयोजनाका लागि आफ्नो शक्तिको दुरुपयोग गरेको आरोपसमेत लागेको थियो ।

क्वाटरफाइनलमा इटली र स्पेनबीचको खेलमा मैदानमै झडप भएको थियो । धेरै विवादका कारण खेल स्थगित गरी पुनः खेलाउनुपरेको थियो ।

the authoradmin