
२३ कात्तिक, स्थानीय तहमा हस्तान्तरण भएका ६ वटा आयोजना संघमा तानिएका छन् । मन्त्रिपरिषद्का विभिन्न ४ वटा बैठकबाट यी आयोजना/कार्यक्रम संघ मातहत सार्ने निर्णय भएको अर्थ मन्त्रालयले जानकारी गराएको छ ।
मन्त्रालय अन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखाले सबै स्थानीय तहका नाममा परिपत्र गर्दै यी आयोजना तथा कार्यक्रम प्रदेश र स्थानीय तहबाट कार्यान्वयन नगर्न भनेको छ । यसअघि यी आयोजना/कार्यक्रम प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएका थिए खानेपानी मन्त्रालय, शहरी विकास मन्त्रालय, उर्जा मन्त्रालय र भौतिक मन्त्रालय मातहतका कार्यक्रम संघमै फिर्ता तान्ने निर्णय भएको हो |मन्त्रिपरिषद्का यी निर्णयसँगै अब यी ६ वटै आयोजनालाई संघीय कार्यक्रम/आयोजनामा समावेश गरिएको छ । संघबाटै आयोजना कार्यान्वयन हुनेछन् । विगतमा संघीय सरकारबाटै कार्यान्वयन भइरहेका यी आयोजना/कार्यक्रम ठूलो बजेट खर्च हुने बहुवर्षीय आयोजनाहरु हुन् ।

