Tuesday, July 7

पृथ्वी राजमार्ग विस्तारका लागि थप ४६६ रूख काटिँदै

नेपालअखबार, तनहुँ। पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्र रुपमा भइरहेको छ। सो क्रममा अब चार सय ६६ रुख काटिने भएका छन्।

Advertisement

यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ रहेका चार हजार दुई सय पाँच रुख कटान गरिसकेको छ।

Advertisement
Advertisement

आयोजनाका वातावरण विज्ञ युवराज ढकालका अनुसार ९० प्रतिशत रुख कटान भइसकेको छ। बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्ने योजना रहेको उनले बताए।

Advertisement

‘सबै रुख नकाटिन पनि सक्छन्। काट्नैपर्ने रुख मात्रै कटान गरेर बचाउन सकिने रुख बचाउनेतर्फ आयोजनाले योजना बनाएको छ,’ उनले भने।

सडक विस्तार गर्न बिजुलीका पोल, पानीका पाइप र टेलिफोनका तार बाधक बनेका छन्। उक्त सडक खण्डमा दुई हजार चार सय बिजुलीका पोल र ३९ किलोमिटर खानेपानीको पाइप हटाउनु पर्ने उनले बताए।

सडक विस्तारका क्रममा सडकका दायाँबायाँ रहेका घर गोठ भत्काइँदा रु साढे आठ करोड क्षतिपूर्ति वितरण गरिसकेको उनले बताए।

व्यक्तिगत संरचना सात सय ६७ वटा भत्काइएका छन्। आइपिएसमार्फत क्षतिपूर्ति रकम भुक्तानी गरिएको छ।

जग्गाधनी पुर्जा भएका र नभएकाबीच कुनै विभेद नगरी क्षतिपूर्ति दिइने योजना बनाइएको उनले बताए।

क्षति भएका व्यक्तिलाई पुनर्वास योजनामा राखी आयमूलकतर्फ केन्द्रित गरिने उनको भनाइ छ।

आयोजनाबाट विस्थापित भएका, सीमान्तकृत, दलित, आदिवासी लगायतलाई सीपमूलक तालिम प्रदान गरी आयआर्जनका लागि सबल बनाउने उनले बताए। रासस