राजनीतिसमाचार

पोखराको सुन्दरतामाध्यानदिन्छौं : गठबन्धन

नेपालअखबार, पोखरा ।कास्की २ बाटउम्मेद्वार बनेका नेताहरुले पोखराको सुन्दरतामाध्यानदिने बताएकाछन् ।
शनिबारपोखरा १७घारीपाटनमापाँचदलीयगठबन्धनले आयोजना गरेको चुनावीअभियानमाकास्की २ काउम्मेदवार श्रीनाथ बराललेपोखराको सौन्दर्यीकरणमाध्यानदिने बताए । कास्की २ भित्रपोखरा महानगरका ११ वटावडामात्र पर्ने भएकाले पोखरा सौन्दर्यतामाआफूहरुको विषेश ध्यानजाने उनले सुनाए । ‘पछिल्लो समय पोखरामाभिडभाडबढेको छ । काठमाडौं, बुटवल, रनारायणगढलगायतशहरबाटपोखरामागाडीहरु थुप्रने गरेकाछन्,’ उनले भने, ‘पोखरामानयाँविमानस्थलबनेको अवस्थामाबाईबास रोड बनाउने र पोखरालाई सफा सुन्दर राख्ने कुरामाध्यानदिनेछौं ।’ पोखराको मुख्य समस्याफोहर व्यवस्थापन रहेकाले ल्याण्डफिलबनाउनपोखरा महानगरलाई सहयोग गर्दै पोखरालाई सफा र सुन्दर राख्ने प्रतिवद्धताजनाए ।
यसबाहेक भूमिहीनदलित, भूमिहीन सुकुुम्वासी र अव्यवस्थीतबासोबासीको समस्या समाधानगर्ने बताए । पोखराका केही क्षेत्रकृषिकालागि योग्यभएकाले पनिकृषिमाआधुनिकीकरणमाध्यानदिने उनले बताए । स्वरोजगार,तालिम, पर्यटन, साना घरेलु उद्योग, विना भेदभावविकासकाकामलगायतमाध्यानदिने उनले बताए । यसकालागिमंसिर ४ गते हुने निर्वाचनमागठबन्धनकाउम्मेदवारलाई जिताउनउनको आग्रहथियो ।
गठबन्धनबाटकास्की २ (क) काउम्मेदवार विश्वप्रकाशलामिछानेले व्यवस्था परिवर्तन भएअनुसार अबस्था परिवर्तन गर्न गठबन्धनले जित्नुपर्ने बताए । यसैकालागिआफूहरु गठबन्धन गरेर आएको उनले बताए । आफ्नो क्षेत्रमाविजयीभएमास्वास्थ्य र शिक्षासँगै विकास निर्माणकाकाममाध्यानदिने उनले प्रतिवद्धताजनाए । ‘अहिले देशकालागिअसल नेतृत्वको अहिले आवश्यक परेको छ यसैकालागिहामीगठबन्धन गरेर आएकाहौं,’उनले भने, ‘कास्की २ (क) मामलाई विजयी गराउनुभयो भने यस क्षेत्रकोनमुनाबिकास गरेर देखाउने छु । बिजयकालागिमतदानगर्न अनुरोध गर्छु ।’
यसैगरी, कास्की २ (ख) काउम्मेदवार विन्दुकुमार थापाले पोखरा ११ को विकासकालागिगठबन्धनलाई मतदिनआग्रह गरेकाछन् । शनिबार मतदाताहरु सँगै भेट्दै थापाले गठबन्धनले नै स्थानीयको पिरमर्कालाई बुझ्ने र समाधानगर्ने हुँदाविकासकाआयामहरुकालागिमतदिनआग्रह गरेकाहुन् । ‘पोखरा ११ मा सडक, सिँचाई, सामाजिकभवन, शिक्षा, स्वास्थ्य र रोजगारीकाथुप्रै समस्याछन् । जसमा केहीकामहिजो पनिगरियो । अबपनियहाँहरुले निर्वाचित गराउनुभयो भने गठबन्धन सरकारले नै विकास दिनेछ ।’,उनले भने । पोखरा ११ को कृषि सडककालागिआफ्नै पहलमा एक करोड विनियोजन भएको उनले जानकारी गराए । काहुमा नै कृषि सडक राख्ने तयारी आफुले गरिरहेको भनाई उनको छ । बास खोलानियन्त्रणगर्दै बस्ती सुरक्षाकालागि समेत आवश्यकपहलकदमीगरिएको र संरक्षणमालाग्ने प्रतिबद्धताउनको छ ।

 

the authoradmin