Saturday, July 11

१ सय ६५ मध्ये ३० निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ: आयोग

नेपालअखबार, काठमाडाैं । प्रतिनिधि सभाको १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ३० वटा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ।

Advertisement

आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी)को विवरण अनुसार अहिले ३० वटा निर्वाचन क्षेत्रमा गणना भइरहेको हो।

Advertisement
Advertisement

तीमध्ये भक्तपुर २ मा मतगणना केहीबेर स्थगित भएको थियो। सदर र बदर मतबारे विवाद हुँदा मतगणना स्थगित भए पनि सर्वदलीय समझदारीपछि गणना सुरू गरिएको जेईओसीले जानकारी दिएको छ।

Advertisement

यता, इलाममा पनि प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि मतगणना हुन सकेको थिएन। अहिले मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ। सर्वदलीय बैठकमा प्रदेश सभाको बाकसमा खसेका करिब १ सय मतपत्र प्रदेशतर्फै गणना हुने सहमति भएको छ।

बाँकी रहेका क्षेत्रमा पनि आजै मतगणना गर्ने तयारी भइरहेको छ।