Saturday, July 11

चितवनमा माइक्रो बस दुर्घटना- सञ्चारकर्मी महावीर विश्वकर्माको निधन

नेपालअखबार, चितवन। सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ।

Advertisement

पूर्वी चितवनको राप्तीबाट काठमाडौँ जाँदै गरेको माइक्रोबस ट्रकमा ठोक्किएर उनको आज बिहान निधन भएको हो।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बा ४ ख ४१२ नम्बरको माइक्रोबस रोकिराखेको ना २ ख ८५२२ नम्बरको पराल लोड भएको ट्रकमा बिहान ५ः३० बजे ठोक्किएको हो।

Advertisement

ट्रकको पछाडि भागमा ठोक्किएर माइक्रो कुच्चिएपछि घाइते भएका विश्वकर्माको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको जनाइएको छ।

३५ वर्षीय विश्वकर्मा सञ्चारकर्मीसँगै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं जनवर्गीय सङ्गठन जात व्यवस्था उन्मूलन मोर्चाका संयोजक थिए।

दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन्। घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।