Friday, July 10

युवा व्यवसाय दीपक कार्की : मानवसेवाका सारथी

नेपालअखबार, पोखरा । सामाजसेवी तथा पोखराका युवा व्यवसायी दीपक कार्की मानवीय सेवाका लागि अग्रणी व्यक्ति हुनुहुन्छ । सिटिजन फर्निचरका सञ्चालक कार्की समाजसेवामा हरदम तयार हुनुहुन्छ । त्यसैले उहाँले स्थापनाकालदेखि मानवसेवा आश्रमका लागि तन, मन, धनले सहयोग गर्दै आउनुभएको छ ।

Advertisement

उहाँले यसपटक पनि आश्रमको एक कोठा निर्माणका लागि रु पाँच लाख ५५ हजार ५५५ सहयोग गर्ने घोषणा गर्नुभएको छ । मानवाता प्रवद्र्धन अभियानमा समेत सक्रिय हुँदै आउनुभएका कार्की जन्मदिन होस् या देउसी भैलो आश्रमका हरेक कार्यक्रमहरुमा सरिक हुने र सहयोग गर्नै गर्नुहुन्छ ।

Advertisement
Advertisement

उहाँ भन्नुहुन्छ, “आश्रमले जुन काम गरिरहेको छ, त्यो हामी कसैले चाहेर पनि गर्न सक्दैन, हामीले उहाँहरुको अभियानमा बाहिरबाट सहयोग मात्रै गर्न सक्छौँ ।”

Advertisement

उहाँ जस्तै परोपकारी व्यक्तिहरुको साथ र सहयोगले पोखराको आश्रमको सेवा सञ्चालनमा सहयोग पुगेको आश्रमका केन्द्रिय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका २५ हेम्जाको बाबियातरामा आश्रमले १० करोडको लागतमा आश्रमको भवन निर्माण थालेको छ । सोही भवन निर्माणमा आर्थिक सहयोग जुटाउनुका साथै मानवता प्रवद्र्धन गर्ने उद्देश्यले आश्रमले नेपथ्य व्याण्डसँगको सहकार्यमा आउँदो पुस १२ गते पोखराको प्रदर्शनी केन्द्रमा वृहत नेपथ्य लाइभ कन्सर्ट पनि गर्दैछ ।

उक्त कन्सर्टका लागि टिकट विक्री जारी रहेको र सहप्रयोजक तथा प्रायोजकका लागि इन्छा व्यक्त गर्ने संघसंस्थाहरुसँग छलफल चलिरहेको आश्रमले जनाएको छ । मानवसेवा आश्रमले यसपटक मानवताप्रवद्र्धनका साथै सहयोगापेक्षी सडकमानवहरुका लागि दीगो आर्थिक व्यवस्थापन गर्न अक्षयकोष निर्माणको लक्ष्यसहित देशका प्रमुख १० शहरमा उक्त कन्सर्ट गर्दैछ ।

कन्सर्टको पहिलो कार्यक्रम भोलि शुक्रबार विराटनगरबाट शुरु हुँदैछ । महिनाव्यापी संगीत याताको अभियानअन्तरगत मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुलचौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशालामा हुनेछ ।

यस्तै पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा र अन्तिम कार्यक्रमको रुपमा १६ गते काठमाडौँको भृकुटीमण्डपमा कार्यक्रम हुनेछ ।