Sunday, August 23

नेकपा माओवादी केन्द्रले समानुपातिक सांसद चयन गर्दै निर्वाचन आयोगमा सूची बुझायाे

नेपालअखबार, काठमाडाैं । नेकपा माओवादी केन्द्रले समानुपातिक सांसद चयन गर्दै निर्वाचन आयोगमा सूची बुझाएको छ।

Advertisement

पार्टीको तर्फमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सूची तयार गरेका हुन्।

Advertisement
Advertisement

माओवादी केन्द्रले समानुपातिकतर्फ १४ जना सांसद पाएको छ। त्यसमा उसले आदिवासी जनतजातितर्फ दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङ छन्।

Advertisement

खस आर्यतर्फबाट माओवादी केन्द्रले हितराज पाण्डे, ज्ञानु बस्ने सुवेदी, विमला सुवेदी र नारायणी शर्मालाई  सांसद बनाएको छ।

यता, थारुतर्फ रूपा सोसी चौधरी सांसद बनेकी छन्। यस्तै दलितर्फ रणेन्द्र बराली र सुशिला श्रीपाली ठकुरी चयन भएका छन्।

मधेसीतर्फ भने मीना यादव र उमरावती देवी यादव सांसद बनाउने माओवादीको निर्णय छ। उमरावती नेपाल समाजवादी पार्टीको तर्फबाट समानुपातिक सूचीमा परेकी हुन्।

यस्तै, मुस्लिमतर्फ कल्पना मियाँलाई चयन गरिएको छ।