विश्वसमाचार

निलम्बन गरिएका पत्रकारको अकाउन्ट ट्वीटरद्वारा सुचारु

नेपालअखबार, एजेन्सि। अर्बपति व्यवसायी इलोन मस्कले ट्वीटरबाट निलम्बित गरिएका विभिन्न पत्रकारहरूको अकाउन्ट पुनः सुचारु गर्ने जानकारी दिएका छन् ।  मस्कको ठेगाना साझा गरेको आरोपमा न्युयोर्क टाइम्स, सीएनएन र वासिङटन पोस्टका पत्रकारहरूको ट्वीटर अकाउन्ट निलम्बित गरिएको थियो । यस कदमको चौतर्फी आलोचना भएपछि उनले ट्वीटरका प्रयोगकर्ताहरूलाई ‘के गर्दा हुन्छ ?’ भनेर सोधेका थिए ।

यसमा सहभागी ३६ लाख प्रयोगकर्तामध्ये ५९ प्रतिशतले उनीहरूको अकाउन्ट तुरुन्त सक्रिय गर्न सुझाव दिएका थिए । ‘जनताले बोलेका छन् । जसले मेरो ठेगाना सेयर गरे उनीहरूको निलम्बन फुकुवा हुनेछ,’ मस्कले भनेका छन् । निलम्बन गर्ने निर्णयलाई संयुक्त राष्ट्रदेखि युरोपियन युनियनसमेतले निन्दा गरेको थियो ।


the authoradmin