प्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

भीमसेन थापाको शालिक मन्त्री योगेश भट्टराईले अनावरण गर्ने

गोरखा । गोरखा नगरपालिकाले निर्माण गरेको भीमसेन थापाको शालिक अनावरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गर्ने भएका छन् । गोरखा नगरपालिका ४ स्थित भिमसेन पार्कमा निर्माण गरिएको शालिकको आउदो शानिबार एक कार्यक्रमका बिच मन्त्री भट्टराईले अनवरण गर्ने भएका हुन् । राष्ट्रिय विभूती भीमसेन थापाले नेपाल राज्यको एकिकरण र रक्षाका निम्ति महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनको सम्मानमा नगरपालिकाले पार्कभित्र पूर्णकदको सालिक निर्माण गरेको हो । ‘गोरखाको मुख्य चिनारी भनेको इतिहास हो’ नगरप्रमुख राजनराज पन्तले भने ‘नेपाल एकिकरणदेखिका इतिहास हामीसंग छन्, अब यसैको संरक्षण र प्रचार गरेर पर्यटक भित्राउने हाम्रो लक्ष्य हो ।’

ऐतिहासिक धरोहरहरुको संरक्षणमा बिशेष कार्ययोजना सहित अघि बढेको नगरपालिकाले जनाएको छ । करिब २० लाख लागतमा निर्माण भएको ५ फिट १० इन्च अग्लो पूर्णकदको सालिक नविन आर्टसले तयार पारेको हो । गत आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा सालिक स्थापना र संरचना निर्माणका लागि भन्दै लागि २२ लाख ८४ हजार बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ । गोरखा दरबार आएका पर्यटकलाई भिमसेन पार्कसम्म पु¥याने लक्ष्य सहित पार्कमा शालिक निर्माण गरिएको नगरप्रमुख पन्तले बताए । ‘पार्कको शालिकले थप पर्यटक आकर्षित गर्ने हाम्रो अपेक्षा हो’ उनले भने ‘कम्तिमा गोरखा बजार र दरबार आएका पर्यटक, भक्तजनहरु भिमसेन पार्कसम्म लैजाने योजना हो ।’

शनिबार अनावरण कार्यक्रममा नगर क्षेत्रभर रहेका बिभिन्न जातजाती, धर्मावलम्बीहरुको सांस्कृतिक पहिचान झल्काउने प्रदर्शनीको समेत आयोजना गरिएको बताइएको छ । पिपलथोकदेखि भिमसेन पार्कसम्म झाँकी सहित ¥याली गरिने कार्यालयको योजना छ । ‘नगरपालिकामा धेरै जातजाती, धर्मावलम्बीहरुको आ–आफ्नै संस्कृती छ, भेषभुषा र पहिचान छ’ उपप्रमुख विनाकुमारी श्रेष्ठले भनिन् ‘सबैलाई समान स्थान दिएर संस्कृती प्रदर्शनी पनि गराउने हाम्रो लक्ष्य हो ।’

the authoradmin

Leave a Reply