
नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) को संसदीय दलको नेतामा पार्टीका अध्यक्ष माधवकुमार नेपाल चयन हुनु भएको छ ।
नेकपा ( एकीकृत समाजवादी ) को केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत चयन गरेको पार्टीका महासचिव डा. वेदुराम भुसालले जानकारी दिनुभयो ।
संसदीय दलको नेताको प्रस्तावमा संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र दलको सचेतकमा उप-महासचिव प्रकाश ज्वालालाई चयन गरेको छ ।


