Thursday, May 7

जनतमको संसदीय दलको नेतामा सीके राउत

नेपालअखबार, काठमाडाैं । जनमत पार्टीले संसदीय दलको नेतामा अध्यक्ष सीके राउतलाई चयन गरेको छ । बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले अध्यक्ष राउतलाई संसदीय दलको नेतामा चयन गरेको हो । जनमत पार्टीको संसदीय दलको उपनेतामा अब्दुल खान चयन भएका छन् । यस्तै प्रमुख सचेतकमा अनिता देवी साह चयन भएकी छन् ।

बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले उपनेतामा खान तथा प्रमुख सचेतकमा अनिता साह चयन भएका हुन् । पार्टीले यसअघि नै संसदीय दलको नेतामा अध्यक्ष सीके राउतलाई चयन गरिसकेको छ । प्रतिनिधि सभामा जनमतको ६ जना सांसद रहेका छन् । एकजना प्रत्यक्ष र पाँचजना समानुपातिकबाट चुनिएर आएका हुन् ।

Advertisement

यसैबीच, सोही बैठकले लुम्बनी प्रदेशको प्रदेश सभाका लागि जनमतले संसदीय दलको नेतामा चन्द्र किशोर गुप्तालाई चयन गरेको छ । तर मधेश प्रदेशमा सहमति नजुटेकाले टुंगो लाग्न बाँकी छ ।