Uncategorizedसमाचारसमाज

खत्री, मास्के र श्रेष्ठ पर्यटन समितिको सदस्यमा मनोनित

पर्यटन बर्ष २०२० लाई सफल बनाउन गोरखा नगरपालिकाले पर्यटन समिति गठन गरेको छ । नगरप्रमुख राजनराज पन्तको संयोजकत्वमा नगर पर्यटन समिति गठन भएको हो ।

समितिमा ब्यवसायीहरुबाट होटल सत्यमका सञ्चालक अञ्जनबाबु खत्री, होटल बिसौनीका सञ्चालक धिरजबहादुर मास्के र होटल बृन्दावनका सञ्चालक प्रकाशचन्द्र श्रेष्ठलाई सदस्यमा मनोनित गरिएको गोरखा नगरपालिकाले जनाएको छ ।

त्यस्तै कार्यपालिका सदस्यहरुबाट वडा नम्बर १४ का वडाध्यक्ष रामबहादुर खड्का, हरी गान्धारी र रञ्जिला श्रेष्ठलाई मनोनित गरेको प्रमुख प्रशासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन् ।

the authoradmin

Leave a Reply