Saturday, July 4

प्रचण्डले प्रधानमन्त्री बन्ने इच्छा देखाउनुभयो, तर ढिलो गर्नुभयो: ओली

नेपालअखबार, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने इच्छा देखाएको बताएका छन्।

Advertisement

शनिबार आयोजित प्युठान-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री बन्न देखाएको इच्छा ढिलो भएको बताएका हुन्।

Advertisement
Advertisement

‘पुष्पकमल दाहालजी प्रधानमन्त्री बन्ने इच्छा देखाइरहनुभएको छ। तर मलाइ लाग्छ उहाँले ढिलो गर्नुभयो। निर्णय गर्न ढिलो गर्नुभयो,’ उनले भने।

Advertisement

उनले समयमा इच्‍छा देखाउन नसकेकाले प्रधानमन्त्री बन्ने सम्भावना समाप्त भएको उनले बताए।

‘सम्भावना सामान्यत समाप्त भएजस्तो छ। किनभने समयमा कदम चाल्नुभएन। अरूले पनि समयमा कदम चालेनभने आफूआफूलाई हेर्‍यो भने देश घुमिफिरि मध्यावधितिर जाने सम्भावना छ। जाँदैन भन्न सकिँदैन,’ उनले भने।