राजनीतिसमाचार

नयाँ प्रधानमन्त्रीलाई शपथ खुवाउन शीतल निवास तयार

नेपालअखबार, काठमाडाैं। नयाँ प्रधानमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउन राष्ट्रपति कार्यालय तयारी अवस्थामा रहेको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको एक साताको समय आइतबार बेलुका ५ बजे सकिँदै छ । दलहरू घनीभूत छलफल छन् । तर, हालसम्म कुनै पनि दलले बहुमत जुटाउन सकेका छैनन् ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदमा बहुमतसहित दाबी गर्न राष्ट्रपति भण्डारीले दिएको समय सकिन सवा ३ घण्टा बाँकी छ । तर, दलीय सहमति जुटिसकेको छैन ।

यही बेला राष्ट्रपति कार्यालय भने नयाँ प्रधानमन्त्रीलाई शपथ ग्रहण गराउन तयारी अवस्थामा छ ।

‘नयाँ प्रधानमन्त्रीलाई शपथ गराउन राष्ट्रपति कार्यालय तयारी अवस्थामा छ,’ राष्ट्रपतिको प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए ।

the authoradmin