Thursday, April 23

कालिमाटीमा फेला पर्‍यो शंखधर साख्वाःको मूर्ति

नेपाल अखबार, काठमाडाैं । काठमाडौंको कालिमाटीमा शंखधर साख्वाः को मूर्ति फेला परेको छ।

शनिबार काठमाडौं महानगर प्रहरी टोलीले परोपकार पुलमुनि शंखधर साख्वाःको मूर्ति फेला परेको महानगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए।

Advertisement

उनका अनुसार उक्त मूर्ति शनिबार फेला परेको थियो। तर भेटिएको स्थानबाट आइतबार मात्र निकालिएको हो।

‘कालिमाटी एरियामा ड्युटीमा भएका साथीहरूले हिजो छाप्रोमा मूर्ति देख्नुभएको रहेछ,’ उनले भने, ‘त्यो मूर्ति एक बाजेले फोहोरको थुप्रोसँगै रहेको छाप्रोमा लगेर राख्नुभएको रहेछ।’

पुलमुनि फोहोरको थुप्रोमा मूर्ति भेटिएपछि ती वृद्धले छाप्रोमा लगेर राखेको उनले बताए।

अहिले उक्त मूर्ति महानगरको कार्यालयमा राखिएको छ। भोलि बिहान प्रक्रिया पुर्‍याएर पुरातत्व विभागलाई हस्तान्तरण गरिने उनले जानकारी दिए।

यो मूर्तिबारे थप जानकारी नभएको उनले बताए।