Friday, July 10

एमाले-माओवादी गठबन्धनको सरकार निर्माण भए समाजवादी प्रतिपक्षमै बस्ने

नेपालअखबार, काठमाडाैं । एमाले-माओवादी गठबन्धनको सरकार निर्माण भएमा एकीकृत समाजवादी प्रतिपक्षमै बस्ने भएको छ।

Advertisement

समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले-माओवादी गठबन्धनको सरकार बनेमा आफ्नो पार्टी प्रतिपक्षमै बस्ने बताएका हुन्।

Advertisement
Advertisement

‘सत्ता गठबन्धनमा सहमति नजुटेपछि माओवादी केन्द्र बालकोट पुगेको छ। हामी कतै पनि जादैनौं। आलोकनगरमै बस्छौं। दुई पार्टीबीच सहमति भए संसदमा समाजवादी प्रतिपक्षमै बस्छ,’ उनले भने।

Advertisement

बालुवाटारको त्रिपक्षीय बैठकमा समहमति हुन नसकेपछि अध्यक्ष माधवकुमार नेपालले बैठकबारे पार्टी कार्यालय आलोकनगरमा नेताहरूलाई ब्रिफिङ गरेका थिए।

त्यहाँ उनले प्रचण्ड सल्लाहबेगरनै बालकोट पुगेको बताएका थिए। यथास्थितिमा एमालेसँग सहकार्य हुन नसक्ने अध्यक्ष नेपालले बताएका छन्।