प्रदेश ४समाचारसमाज

ताप्लेमा शिविर ः एक सय ९२ जनाको आँखा परीक्षण

गोरखा । गोरखा नगरपालिका–१ ताप्लेका १९२ जनाको निशुल्क आँखा जाँच गरिएको छ ।

गोरखा नगरपालिका र लायन्स क्लव अफ गोरखाको आयोजनामा आइतबार भएको शिविरमा उनीहरुको आँखा परीक्षण गरिएको हो । आँखा जाँच गराउनहरुमा पूरुषको तुलनमा महिला दोब्बर बढि देखिएका छन् ।

सो अवसरमा १२१ महिलाले र ७१ पूरुषले आँखा जाँच गराएको वडा नम्बर १ का अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए । परीक्षण गराएका मध्ये ९ जनामा मोतिबिन्दुको समस्या देखिएको छ । शिविर विरामीहरुका लागि निशुल्क औषधी र चस्मा वितरण गरिएको थियो ।

मोतिविन्दु भएका विरामीहरुको पनि क्रमश अपरेसन गर्दै लैजाने तयारी गरिएको छ । गोरखा नगरपालिकाले क्रमश हरेक वडामा उक्त शिविर गर्ने योजना बनाएको छ । ‘कोही पनि नगरबासीले आँखाको समस्याका कारण दुखः पाउनु नपरोस्’ नगरप्रमुख राजनराज पन्तले भने ‘सोही अनुरुप गोरखा नगरपालिकका १४ वटै वडामा शिविर सञ्चालन गर्न लागेका हौं ।’

अबको १ महिना भित्र सबै वडामा शिविर गरिसक्ने नगरपालिकाले लक्ष्य लिएको छ । शिविरको एक कार्यक्रमका वीच नगरप्रमुख पन्तले उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा लायन्स क्लव अफ गोरखाका उपाध्यक्ष श्यामबाबु श्रेष्ठ, रेडक्रश सोसाईटी गोरखाका सभापती भगवानबाबु मास्के लगायतले मन्तव्य राखेका थिए ।

the authoradmin

Leave a Reply