Saturday, August 22

रूसद्वारा गरिएको ड्रोन आक्रमणमा १५ युक्रेनी नागरिकको मृत्यु

नेपालअखबार,काठमाडौं । रूसले युक्रेनको क्रिभी रिह सहरमा गरेको ड्रोन आक्रमणमा १५ जनाको मृत्यु भएको छ । क्रिभी रिह सहरमा अवस्थित एक सपिङ सेन्टरमा भएको आक्रमणमा १५ जनाको मृत्यु भएको हो ।

Advertisement

स्थानीय अधिकारीका अनुसार आक्रमणमा १३० जना घाइते भएका छन् । घाइते हुनेमा २३ जना बालबालिका रहेका छन् । कयौं मानिसहरू अहिले पनि भवनको भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।

Advertisement
Advertisement

युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले आफ्नो गृहनगरमा भएको उक्त हमला दिउँसो दुई चरणमा गरिएको बताएका छन् । उनले हमलालाई अत्यन्तै निन्दनीय घृणायुक्त भनेका छन् ।

Advertisement

जेलेन्स्कीले पहिलो आक्रमणमा परेकाहरूको उद्दारमा खटिएका उद्दारकर्मीलाई लक्षित गरेर दोस्रो ड्रोन आक्रमण गरिएको दाबी पनि गरेका छन् ।