राजनीतिसमाचार

नेकपा एकिकृत समाजवादी पार्टीको‌ विदेश विभागको पाँचौं बैठक सम्पन्न

नेपालअखबार, काठमाडाैं । नेकपा एकिकृत समाजवादी पार्टीको‌ विदेश विभागको पाँचौं बैठक आज  सम्मानित नेता तथा विदेश विभाग प्रमुख कमरेड झलनाथ खनालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न भएकाे छ ।

बैठकमा विभागका सदस्यहरुले विभागिय जिम्मेवारीका सन्दर्भमा आफुले खेलेको भूमिकाको बारेमा आफ्ना भनाईहरु राखेका थिए ।  विभागका सचिव डा शंकर  खतिवडाबाट पार्टी स्थापना भएपछि विभागको तर्फबाट स्थापना भएका अन्तराष्ट्रिय सम्बन्धहरु, अन्तर्राष्ट्रिय भ्रमणहरु, अन्तर्राष्ट्रिय स्तरमा भएका विभिन्न कार्यक्रमहरु, पार्टीलाई प्राप्त भएका अन्तर्राष्ट्रिय निमन्त्रणहरु साथै थप सम्बन्ध विस्तारका सन्दर्भमा सविस्तार रिपोर्टिङ गरेका थिए। “चुनावको परिणाम र हाम्रो दृष्टिकोण” भन्ने एजेण्डामा सदस्य कमरेडहरुले राख्नुभएको धारणा तथा जिज्ञासालाई समेत समेटेर विभाग प्रमुख कमरेड झलनाथ खनालले बैठकमा महत्वपूर्ण सारगर्भित भनाईहरु राखेका थिए। साथै, बैठकमा समसामयिक राष्ट्रिय तथा अन्तराष्ट्रिय घटनाक्रमका वारेमा घनिभूत छलफल भएको थियो ।

the authoradmin