समाचार

एकीकृत सरकारी कर्मचारी संगठनद्वारा राष्ट्रिय अधिवेशन घोषणा

नेपालअखबार, काठमाडौं ।  एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको मिति घोषणा गरेको छ । संगठनले आगामी फागुन २६ र २७ गते गते काठमाडौंमा सम्पन्न गर्ने गरि मिति तय गरेको हो । अधिवेशनका लागि संगठनले माघ १५ गतेसम्म सदस्यता वितरण, फागुन १३ गतेसम्म जिल्ला तथा महानगरीय अधिवेशन र फागुन २० गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने जनाएको छ । संगठनले राष्ट्रिय अधिवेशनका लागि गगन बिष्टको संयोजकत्वमा महाधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ ।

सोमबार राजधानीमा  पत्रकार सम्मेलनको आयोजना गर्दै संगठनले सरकारले आफ्ना विभिन्न माग पूरा गर्नुपर्ने  उल्लेख गरेको छ ।  पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष मोहन घिमिरेले  प्रदेश र स्थानीय तहमा ऐनको असामञ्जस्यता भएको भन्दै  स्थानीय तह र प्रदेशका कर्मचारीमा हिनताबोध भएकोले  यस्को अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष घिमिरेले  सरकारी सेवा भित्र सरुवा प्रणाली वैज्ञानिक नभएको , संगठनलाई राजनीतिक आग्रह पूर्वाग्रहबाट मुक्त बनाउनुपर्ने ,  आधिकारिक ट्रेड युनियनको म्याद सकिएकाले  यसको तत्काल निर्वाचन गर्नुपर्ने, १० हजार भन्दा कम तलबमा पनि काम गर्ने सरकारी कर्मचारी भएकोले यस्तो अवस्था अन्त्य गर्नुपर्ने , करारका कर्मचारी अधिकारको सुनिश्चितता कायम गर्नुपर्ने , हाकिमको चाकरी गरेर काम गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुगर्ने , काम गर्ने र नगर्ने कर्मचारीका बीचमा फरक छुट्याउनुपर्ने हरेक सरकारी कार्यालयमा आर्थिक वर्षको अन्त्यमा गैर मौद्रिक प्रोत्साहनको व्यवस्था गर्नुपर्ने जस्ता मागहरु आफ्नो संगठनको तर्फबाट भएको बताउनु भयो ।

Web capture_2-1-2023_164958_1672657570.jpeg

the authoradmin