लोकतन्त्र, राष्ट्रियता, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै निष्पक्ष ढंगबाट सत्य–तथ्य सूचना सम्प्रेषण गरी समाजलाई सुसुचित गर्नु हाम्रो प्रमुख दायित्व हो । त्यसका साथै हरेक क्षेत्र र निकायमा सुशासन वर्तमान अपरिहार्य आवस्यकता हो ।
सामाजिक उत्तरदायित्व, न्यायपूर्ण शासन प्रणाली, पारदर्शिता र जनसहभागिता सुशासनका आधारभुत सुचकहरु हुन् । आमनागरिकले शासन व्यवस्थामै आफ्नो प्रतिनिधित्व महसुस गर्ने भएकाले सुशासन लोकतन्त्रको एउटा सुन्दर पक्ष पनि मानिन्छ । जनताले आफ्नो अभिमत तथा चाहना सजिलै व्यक्त गर्न सक्ने तथा राज्य त्यसप्रति उत्तरदायी हुने हुँदा ‘सुशासन’ सामाजिक विकासको महत्वपूर्ण खम्बा पनि हो ।
लामो संघर्ष पश्चात देशले संघिय लोकतान्त्रिक गणतन्त्रको पाएको छ । सिंहदरबारलाई अब गाउँगाउँमा पु¥याईएको छ । राजनीतिक उपब्धि हाँसिल गरिसकेपछिको अबको चुनौति भनेको सुशासन युक्त सरकार र सभ्य समाजको निर्माण हो ।
त्यसका लागि जनताले तिरेको करबाट संचालित स्थानिय सरकारहरुले गरेका सेवा प्रदान र श्रोतको बाँडफाँडलाई न्याय संगत, उपलब्धीमुलक र पारदर्शी बनाउन खबरदारी गर्नु सिभिलखबरको प्रमुख दायित्व रहनेछ ।
आवाजविहीनहरूको आवाज बन्न तथा लोकतन्त्र, मानवअधिकार, राष्ट्रियता एवं जनताको आधारभूत आवश्यकता परिपूर्तिका लागि दबाबमूलक भूमिका निर्वाह गर्न आफु र अरुलाई समेत जिम्मेवार बनाउन पहल गर्ने संकल्प पनि हाम्रो छ ।
लोकतन्त्रमा प्रेसको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने कुरा हामीले दोहो¥याइ रहनु पर्दैन । लोकतन्त्रलाई बलियो बनाउन नागरिक सूचना, प्रविधीबाट जानकार र नजिक हुनैपर्छ ।
साथै समाजमा पछाडी परेका र पारिएका समुदायको आवाजलाई उजागर गर्नु सिभिलखबरको अर्को अठोट रहनेछ ।
डिजिटल युगको भरपुर उपयोग गर्दै हरेक सूचना नागरिकका हातहातमा पु¥याउने संकल्प गर्दै नागरिक समाज सञ्चार नेटवर्क प्रा.लि. ले सिभिलखबर डटकम सञ्चालनमा ल्याएको छ । यस अभियानमा सम्पूर्णको साथ, सहयोग र सुझावको अपेक्षा लिएका छौ ।
कौसिना मियाँ
सञ्चालक
नागरिक समाज सञ्चार नेटवर्क प्रा.लि.
y91m8z
I was looking through some of your articles on this internet site and I think this web
site is real informative! Continue posting.Blog monry