प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ ।
विगत चार महिनादेखि समितिमै अड्किएको विधेयक पारित भएसँगै अब सदनको बैठकमा पेश गर्ने प्रक्रियामा अघि बढ्ने भएको हो ।
विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तामाथि कडाइ गरिने उल्लेख छ । कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, घृणा वा द्वेष उत्पन्न गराउने, चरित्र हत्या गर्ने वा गाली बेइज्जती मानिने विषयवस्तु सामाजिक सञ्जालमा सम्प्रेषण गरेमा पाँच बर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुनेछ ।
विधेयकमा सामाजिक सञ्जाल फेसबुक, गुगल लगायत नेपालमा दर्ता गर्नुपर्ने विधेयकमा व्यवस्था छ ।