Saturday, July 4

आज सरकारको न्यूनमत साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी

नेपालअखबार, काठमाडौं । सत्ता साझेदार दलहरूले आज सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन् । यसअघि  बुधबार बसेको गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम आज टुंगो लगाउने निर्णय गरेको थियो ।

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई बिहीबारसम्म अन्तिम रुप दिने सहमति भएको उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।

Advertisement
Advertisement

गठबन्धनको बैठकमा केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारेसमेत छलफल भएको थियो । भागवण्डा मिलाउन मन्त्रालय फुटाउने पक्षमा सरकार नरहेको पनि गृहमन्त्री लामिछानेले स्पष्ट पारेका थिए ।

Advertisement