प्रदेश ३समाचारसमाज

महाधिवेशनमा चितवन आएका काभ्रे जेसिजका उपाध्यक्ष मानन्धर मृत फेला

नेपाल जेसीजको महाधिवेशनका लागि चितवन आएका काभ्रे जेसिजका उपाध्यक्ष कृष्ण कुमार मानन्धर मृत फेला परेका छन् ।

चितवनको रत्ननगर नगरपालिकाको टाँडीमा भएको जेसिजको ४६ औँ महाधिवेसनका लागि आएका मानन्धरको शव इनारमा भेटिएको प्रहरीको भनाई छ । मानन्धरको शव आइतबार बेलुकी रत्ननगर नगरपालिका १ र ९ को सीमा क्षेत्रको एक इनारमा भेटिएको थियो। हाल उनको शव पोष्टपार्टमका लागि अस्पताल पठाइएको छ ।

पुस ९ गतेदेखि १२ गतेसम्म भएको रत्ननगरमा जेसिजको ४६ औं महाधिवेशन भएको थियो ।

the authoradmin

Leave a Reply