Thursday, July 16

युके सिजनल भिसामा ठगी

नेपालअखबार, लन्डन । लन्डनस्थित नेपाली दूतावासको लेटर हेड, छाप र दस्तखत अनधिकृत रूपमा प्रयोग गरी ‘युके सिजनल भिसा मिति परिवर्तन’ सम्बन्धी जारी सूचनाप्रति लन्डन दूतावासले ध्यानाकर्षण भएको जनाएको छ ।

Advertisement

गत पौष १८ गते प्रकाशित सूचनामा बेलायतमा सिजनल भिसामा नेपालबाट कामदार ल्याउने  कम्पनीले दूतावासको लेटर हेड, छाप र दस्तखत अनधिकृत रूपमा प्रयोग गरी नक्कली सूचना प्रकाशित गरेका थिए । सन् २००२२ का लागि सिजनल  भिसा (मौसमी भिसा) को लागि आवेदन दिएका र अन्तरवार्ताको पालो नपाएका आवेदकहरूको अन्तरवार्ता मिति परिवर्तन भएको भन्दै तिनीहरूले नक्कली  सूचना जारी गरेका थिए ।

Advertisement
Advertisement

लन्डनस्थित नेपाली दूतावासले ‘युके सिजनल भिसा मिति परिवर्तन बारेमा’ कुनै पनि आधिकारिक सूचना जारी नगरेको हुँदा उक्त झुट्टा सूचनालाई आधार मानी भिसा आवेदन नगर्न तथा नगराउन आग्रह गरेको छ । ‘यस सूचनालाई आधार मानी वैदेशिक रोजगारीका लागि पहल गरी ठगिएमा यस राजदूतावास जबाफदेही नहुने ब्यहोरा समेत जानकारी गराइन्छ’ दूतावासको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Advertisement

दूतावासको नाम दुरुपयोग गरी कसले सूचना निकाल्यो भन्ने स्पष्ट नभइसके पनि सिजनल भिसामा कामदार पठाउने कुनै एजेन्ट वा कम्पनीले आफ्नो स्वार्थअनुसार दुरुपयोग गरेको आशङ्का दूतावासको छ । यस कार्यमा संलग्न समूहको पहिचान गरी आवश्यक कारबाहीका लागि परराष्ट्र मन्त्रालयमा पत्राचार गरिसकिएको लन्डनस्थित नेपाली दूतावासका द्वितीय सेक्रेटरी रामबाबु नेपालले  जानकारी दिए।

पछिल्लो समय सिजनल भिसा आवेदकलाई विभिन्न प्रलोभन देखाई रकम ठगी गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । कतिपय एजेन्टहरूले वर्क परमिट दिलाउने तथा युरोपतर्फ जान पाउने जस्ता प्रलोभन देखाउने गरेको पाइएको छ ।

बेलायतमा विशेषगरि कृषि तथा पोल्टी क्षेत्रमा बढीमा ६ महिनासम्मको सिजनल भिसा (मौसमी भिसा) को लागि आवेदन दिन पाउने बेलायत सरकाको नियम रहेको छ ।