प्रदेश ४विदेशसमाजहाइलाइट-समाचार

गोरखा ५ ठूलोरिपका अर्जुनको कस्मिर भिडन्तमा मृत्यु

मोहसिन अलि मियाँ
गोरखा । कास्मिरको लाइन अफ कन्ट्रोल (एलओसी) मा भारत र पाकिस्तानबीच गोली हानाहान हुदा मृत्यु हुने नेपाली गोरखाका रहेको पुष्टी भएको छ ।

मृत्यु हुनेमा भारतीय सेनामा कार्यरत गोरखा नगरपालिका ५ ठूलोरिपका २६ वर्षीय अर्जुन थापामगर रहेको बताइएको छ ।

थापा ५ बर्ष अघि भारतिय सेनामा भर्ती भएका थिए । बुधबार भारितय सेनाले परिवारलाई अर्जुन मृत्युको बारेमा खबर गरेका थिए ।

सो लगत्तै बुधबार नै परिवार एवं आफन्त उनको शव लिन काकडभित्ता गएको उनका नातेदार सुजित थापा मगरले सिभिलखबरलाई जानकारी दिए ।

भारतिय सेनाको टोलीले काकडभित्तासम्म उनको शव ल्याइदिने र परिवारको जिम्मा लगाउने खबर आएको थापा मगरले बताए ।

२ बर्षअघि आमा गुमाएका अर्जुनले ६ महिना अघि मात्रै विहे गरेका थिए । बिहे गरेर उनि पहिलो छुट्टी गएको नातेदार थापा मगरले बताए ।

उनले गोरखा नगरपालिका ९ लक्ष्मीबजारको द्रब्यशाह बहुमुखी क्याम्पसमा पढेका हुन् ।

उनको परिवारमा बुवा, श्रीमती सहित एक दिदी र एक बहिनी छन् ।

the authoradmin

Leave a Reply